Online Bichar
मंगलबार, बैशाख २९, २०८३ | Tuesday, May 12, 2026

काठमाडौं, १ चैत २०८२ । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । आइतबार  १६ जनाको नाम आयोगमा बुझाइएको हो ।

शनिबार  बसेको एमाले सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम चयन गरिएको थियो । सोही सूची आयोगमा बुझाइएको एमाले नेता निरज आचार्यले जानकारी दिए ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट एमालेले समानुपातिकर्फ १६ सिट जितेको छ ।

एमालेले दुई पदाधिकारीलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्याललाई समानुपातिक सांसद बनाउने निर्णय गरिएको हो । पार्टी उपाध्यक्ष पराजित गुरु बराललाई पनि समानुपातिक सांसद बनाउने एमालेको निर्णय छ ।

एमालेबाट सिफारिस समानुपातिक सांसदको नामावली –

जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापामगर
– कुलभक्त शाक्य

खसआर्य (पाँचजना)
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल

थारू (एकजना)
कृपाराम राना (पुरुष)

दलित (दुईजना)
महिला :
– विष्णुमाया विक
– नीता घतानी

मधेसी (तीनजना)
महिला :
– रिङ्ला यादव
– यशोधाकुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला

– साजिदा सिद्दिकी

आयोगले विवरण रुजु गरेर ठिक भए सांसद निर्वाचित गरी प्रमाणपत्र दिनेछ ।

 

तपाईको प्रतिक्रिया