Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, ३० फागुन २०८२ । नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

“पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् ।

नामावली पढ्नोस्–
जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :

– रामबहादुर थापामगर
– कुलभक्त शाक्य

खसआर्य ९पाँचजना०
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल

थारू (एकजना)
कृपाराम राना (पुरुष)

दलित (दुईजना)
महिला:
– विष्णुमाया विक
– नीता घतानी

मधेसी (तीनजना)
महिला:
– रिङ्ला यादव
– यशोधाकुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला :
– साजिदा सिद्दिकी

छनोट गरिएको नाम निर्वाचन आयोगमा बुझाइनेछ । आयोगले विवरण रुजु गरेर ठिक भए सांसद निर्वाचित गरी प्रमाणपत्र दिनेछ ।

यही फागुन २१ गते भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ । प्रत्यक्षतर्फ एमालेका नौ उमेदवार विजयी भएका थिए । योसँगै प्रतिनिधिसभामा एमालेका कुल २५ सांसद हुनेछन् ।

 

तपाईको प्रतिक्रिया