काठ्माडौं, २८ फागुन २०८२ । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो ।
श्रम संस्कृति र राप्रपाले समान चाररचार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।






