काठ्माडौं, २८ फागुन २०८२ । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।
उनी बिहीबार (फागुन २८) एमाले कास्की जिल्ला कमिटीको चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका थिए । उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । थापाको उपचारका क्रममा निधन भएको हो ।
हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।






