झापा, २२ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निरन्तर अगाडि छन् । पछिल्लो मत परिणामानुसार उनले पाँच हजार २५४ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक हजार २४८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






