Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

काठ्माडौं, ७ फागुन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया