Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठ्माडौं, ७ फागुन २०८२ । नेकपा (एमाले) ले प्राविधिक उच्च शिक्षा अध्ययन गर्न चाहने युवालाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार जारी चुनावी घोषणापत्रमा सरकारी सेवा, निजी क्षेत्रको व्यवसाय र अध्यापन क्षेत्रमा न्युनतम पारिश्रमिकसहितको इन्टनसिपको व्यवस्था गरिने उल्लेख छ ।

सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको प्रबन्ध गरिने घोषणापत्रमा उल्लेख छ ।

एमालेले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने घोषणा गरेको छ ।

“श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्‍याउने छौँ,” घोषणापत्रमा भनिएको छ, “नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने छौँ ।”

तपाईको प्रतिक्रिया