Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठमाडौं, ३ फागुन २०८२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोगसमक्ष पेस गरेको छ ।

पार्टीको तर्फबाट उक्त प्रतिबद्धतापत्र आइतबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया