Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठमाडौं, २८ माघ २०८२ । राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरि संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बोलाइएको छ ।

तपाईको प्रतिक्रिया