Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

झापा– झापाको गौरादहका जेष्ठनगरिक, बालबालिका तथ असशक्त लगायतले आफ्नै गाउँमा आज बिशेषज्ञ स्वास्थ्य सेवा प्रप्त गरेका छन् । गौरादह नगरपालिका वार्ड नं– २ ले हाँसखोराको सरस्वती आधारभुत विद्यालयमा आयोजना गरेको निःशुल्क १ दिने स्वस्थ्य शिविरमा २ सय ७८ जनाले सो सेवा प्राप्त गरेका हुन् ।

झापा दमकको निम्स नेशनल हस्पिटल प्रा.ली.को बिशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुको प्राबिधिक सहयोगमा संचालित उक्त बृहत स्वास्थ्य शिविरमा जेष्ठनागरिक संघ गौरादहको समेत सक्रिय सहभागिता रहेको जेष्ठ नागरिक संघ गौरादहका अध्यक्ष गोपाल प्रसाद काफ्लेले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शिविरमा ६ जना बिशेषज्ञ डक्टरहरुको टोलीले सुगर( डायविटिज) परिक्षण, मुटुको इसिजी, दाँत सम्बन्धि सम्पूर्ण सेवा, फिजिसियन सेवा लगाएत धेरै प्रकारको रोगको परिक्षण, परामर्श तथा निःशुल्क औषधी समेत उपलब्ध गराइएको वार्ड अध्याक्ष हेमन्त कार्कीले बताए । सह–आयोजक समेत रहेको निम्स हस्पटिलले आज शिविरमा सेवा उपलब्ध गराएका रोगी विरामीहरुको थप उपचार गर्नुपरेमा १५ दिन सम्म सोही हस्पिटल दमकमा निःशुलक उपचार सेवा समेत उपलब्ध गराउने हस्पिटल संग सम्झौता सहमति भएको अध्यक्ष कार्कीले बताए । शिविरमा ऊँ शरिनत डेन्टल हस्पिटल हस्पिटल दमक पनि सहयोगी संस्था रहेको थियो ।

शिविर सुरु हुनु पुर्व संक्षिप्त औपचारिक कार्यक्रम गरेर शिविर उद्घाटन गरिएको थियो । उद्घाटन समारोह गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहको प्रमुख अतिथ्यता तथा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक याम कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments