गौरादह, २१ पुस २०८२ । झापाको गौरादहमा आगलागी भएको छ । आईतबार राती १०ः३० बजेको समयमा गौरादह नगरपालिका-३ गुरासचोक बस्ने काजी पौडेलको घर नजिक राखेको २.५ बिघा धानको परालमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट पराल पुर्ण रुपमा जलि नष्ट हुदा १० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । उक्त आगो प्रहरी, स्थानियबासी, दमक नगरपालिका र कमलगाउँपालिकाको दमकलको सहयोगमा सोही रात ११ः५० बजे पुर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट मानविय, चौपाय क्षति नभएको जनाइएको छ ।






