Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

झापा, १२ पुस २०८२ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा काठमाण्डौबाट फरार भएका बिर्तामोडका एक कैदीको भारतमा मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशको एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा काम गर्दा गर्दै दुई दिनअघि अचानक बेहोस भएर लडेका मियाँको उपचार क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

जबरजस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम बिगत ४ बर्षदेखि उनले कैद सजाय भोगिरहेका थिए । जेनजी आन्दोलन क्रममा उनी फरार भएका थिए । उनका आफन्तले शव भारतको गलगलिया हुँदै नेपालको भद्रपुर सीमा नाकाबाट घर ल्याएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया