Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, ८ मंसिर २०८२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। टियु क्रिकेट रंगशालामा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभर अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। त्यस्तै मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै हर्मित सिंह र अविनाश बोहोराले २/२ र स्कटले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। त्यस्तै आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारी ११ र स्कटले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १(१ विकेट लिए।

जसमध्ये २६२ पुरुष र ५ जना महिला छन् । यसरी समातिएका मध्ये प्रहरी हत्यामा संलग्न भएको आरोपमा मात्रै १६ जना पक्राउ परेका थिए । उनीहरू मध्ये १३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

३ जना भने अहिले अनुसन्धानका लागि हिरासतमै छन् । अहिलेसम्म प्रहरी हत्यासहित अन्य मुद्दाका गरेर ४३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३३ जना धरौटीमा रिहा भएका छन् ।

११३ जनामाथि अहिले अनुसन्धान भइरहेको छ । ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ । पक्राउ परेकाहरूविरुद्ध १५४ मुद्दा दर्ता भएका छन् ।

 

तपाईको प्रतिक्रिया