Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

महोत्तरी, ९ कात्तिक २०८२ । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ।

छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो।

खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा बनाइएको चोखो प्रसाद चढाएर खरना विधि सम्पन्न गरेका हुन् ।

खरनामा माटोको नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर, केराको पातमा राखी छठी मातालाई नैवेद्यका रूपमा अर्पण गरिन्छ। साथै मूला, अदुवा, पान, सुपारी, केरा, दूध आदि पनि चढाइन्छ।

व्रतालुले पूजा सम्पन्न गरेपछि मात्र परिवारका सदस्यहरूसँग मिलेर प्रसाद ग्रहण गर्छन्।

उहाँको अनुसार आजको खरनापछि अब तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र व्रतालुले पूर्णरूपमा व्रत तोड्ने गर्छन्।

महोत्तरीसहित देशभर नै आज बेलुकी खरनाको अवसरमा गाउँ–गाउँमा दीप, कलश र भक्तिपूर्ण गीतले वातावरण आलोकित बनेको थियो। व्रतालुले घर–आँगनमा पूजाघर सजाएर छठी मातालाई श्रद्धा र भक्ति पूर्वक प्रार्थना गरेका छन्।

 

तपाईको प्रतिक्रिया