Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, १४ भदौ २०८२ । मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार (भदौ १४) ललितपुरको सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीमध्येबाट उनी विजेता बनेकी हुन् ।

प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् । मिस नेपाल अर्थको उपाधि घलेले चुमिन् । मिस कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।

तपाईको प्रतिक्रिया