Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

मुना भट्टराई

मरिसकेको आश पनि
पलाएर आयो,
झरिसकेको पात फेरि
पाउलिएर आयो,

मरोभूमी मेरो जिन्दगी
एकाएक रसाएर आयो,
किन हो कुन्नि ?
निभिसकेका सपना
बिउँझिएर खडा छन्
अब केही गर्न सक्छु झै
तम्तयार भैरहेका छन्

पुनर्जीवनको बाँकी जिन्दगी
रहर बोकेर सलबलाउछ,
संघर्षको मैदानमा
विगतका विरह बिर्सिएर
हिम्मतले जीवन उठाउछु

आफैंसङ संकल्प गर्नुछ
जीवनका सुनौला पाना
आफ्नै तागतले पल्टाउनुछ,
नयाँ जिन्दगी पाएको म
भरभराउँदो उर्जा बोकेर
उज्यालो छर्नुछ ।

तपाईको प्रतिक्रिया