Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

सुमन खतिवडा( एपेक्स हस्पिटल, सुनसरी)

इटहरी, पाचन प्रणालीसँग जोडिएको अल्सर एक विशेष रोग हो । यसमा आमाशय, खाने नली र सानो आन्द्राको सुरुको भागमा घाउ वा प्वाल पर्ने गर्दछ । साधारणतया धेरै पिरो र मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिडको मात्रा बढ्ने गर्दछ, तब यो रोग लाग्ने गर्दछ । यसका साथै पेटमा ब्याक्टेरियाको संक्रमणका कारण पनि यो समस्या हुनसक्छ ।

थुप्रै प्रकारका हुन्छन् अल्सरः

समस्याको हिसाबले अल्सरका विभिन्न प्रकार हुन्छन् जस्तै पेप्टिक अल्सर हुँदा पेट भित्रको छालामा फोका उठ्ने गर्दछ ।ग्यास्ट्रिक अल्सर हुँदा खाना खाएपछि पेट दुख्न सुरु हुन्छ तर डाइजिनजस्ता औषधीको सेवनपश्चात् आराम महसुस हुन्छ ।ड्यूडिनल अल्सरको समस्या हुँदा अबेरसम्म भोको रहँदा पेट दुख्न थाल्छ । खाना खाएपछि भने आराम महसुस हुन्छ ।इसोफेगर अल्सरमा आहार नलीको माथिल्लो भागमा फोका उठ्ने गर्दछन् वा प्वाल पर्ने गर्दछन् । यस्तो समस्या हुँदा धेरैजसो आहार नलीमा अत्यधिक जलन हुने गर्दछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारअल्सरका केही प्रारम्भिक लक्षण यसप्रकार छन्ः

१. पेटमा जलनः खाना खाएको १ वा दुई घण्टापछि रातीको समयमा पेटको माथिल्लो भाग वा बिचतिर जलन महसुस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ ।

२. बान्ताः पटक–पटक बान्ता हुँदा वा बान्ताको महसुस भइरहनु पनि अलसरको संकेत हुनसक्छ ।

३. पेट फुल्नुः पेट फुल्ने समस्या धेरैजसो अल्सरको संकेत हुनसक्छ ।

४. छाती पोल्नेः पेटमा रहेको एसिड माथिल्लो तर्फको फूड पाइपमा आउने गर्दछ । यसले छाती नजिकै तेज जलन महसुस हुन्छ । यो अल्सरको संकेत हुनसक्छ ।

५. पेट घोच्नेः खाना खाएको १ वा दुई घण्टा पछि रातीको समयमा पेट घोच्ने समस्या छ भने यो अल्सरको संकेत हुनसक्छ ।

६. दिसाको रंगः लामो समयसम्म गहिरो र कालो रंगको दिसा भइरहेको छ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस् । यस्तो अल्सरमा हुने रक्तश्रावका कारण हुनसक्छ ।

७. बान्तामा रगतः बान्ता हुँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।

८. तौल घट्नुः खाना वा दैनिकीमा परिवर्तन नगरी अचानक तौल कम हुन थाल्यो भने यो अल्सरको संकेत हुनसक्छ ।

९. पेट दुख्नेः धेरैजसो पेट दुखिरहनु वा केही खाएपछि पेटमा तीब्र पीडा सुरु हुनु अल्सरको संकेत हुनसक्छ ।

१०. चाँडै भोक लाग्नुः बिना कारण पटक–पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments