Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

फिदिम, २३ कार्तिक २०८१ । पाँचथरको हिलिहाङ गाउँपालिका-६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।

हिलिहाङ-२ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल खस्दा त्यसमा सवार पाँचथरको हिलिहाङ-३ निवासी भवानी शंकर पौडेलको घट्नास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा इलाम सुर्योदय नगरपालिका-१२ घर भएका ५२ वर्षीय तेजबहादुर दाश र ट्रक चालक झापा चारपाने निवासी ४० वर्षीय राजकुमार बस्नेत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिनुभयो।

घाइते दुवै जनालाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा पठाउने तयारी भइरहेको साहको भनाइ छ।

तपाईको प्रतिक्रिया