Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

झापा, ११ असोज २०८१ । झापाको बाह्रदशीमा एउटा कुखुरा फर्ममा क्षति पुगेको छ । बाढीका कारण बाह्रदशी बहुउद्देश्यीय कृषि फर्ममा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

बाह्रदशी गाउँपालिका-७ स्थित उक्त फर्म स्थानीय ज्ञानबहादुर कार्कीले सञ्चालन गर्दै आएका छन् । फर्ममा सुरुङ्गा खोलाको बाढी पसेको हो । कुखुरा खोरभित्र पुरै पानी पसेको र त्यसबाट कार्कीलाई आठ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको फर्ममा १६०० कुखुरा थिए । तीमध्ये १२०० कुखुरा मरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया