Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

दाङ, १८ मङ्सिर  । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो ।

झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीको मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments