Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

सुवास पण्डित

चितवन, १७ मंसिर  । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने बताएका छन् ।

रातको समयमा गुञ्जयमान हुनेगरी डिस्को सञ्चालन हुने गरेको उल्लेख गर्दै उनले सामाजिक परिवेशअनुरुप व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

‘हाम्रो सामाजिक परिवेश अनुसार मर्यादित व्यवसाय गरिनुपर्दछ,’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले भने, ‘रातको समयमा डिस्को नाचेर डिस्टर्व गर्न पाइँदैन ।’

पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने प्रष्ट पारे ।

पर्यटनको माध्यमबाट देशको आमूल विकास गर्न सकिने सम्भावना औंल्याउँदै खनालले यो क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन सुझाए । ‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस्’, खनालले पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै भने ।

सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले योजनावद्ध ढंगले काम गर्ने प्रतिबद्धता पनि खनालले उक्त अवसरमा जनाए ।

सीमित स्रोत र साधानका कारण विगतमा प्रहरी माग्नेजस्तो अवस्थामा पुगेको दुखेसो गर्दै खनालले स्थानीय तहसँग साँझेदारी गरेर अघि बढ्ने योजना सुनाए ।

सौराहामा प्रहरी पेट्रोलिङका लागि खनालले ७ वटा मोटरसाइकल समेत उक्त अवसरमा हस्तान्तरण गरेका छन् । सौराहाको निर्वाध पर्यटकीय गतिविधी र सुरक्षाका लागि ५ दरवन्दी थप्ने जानकारी पनि उनले दिएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments