Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026
इनरूवा, २८ कात्तिक । तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीको क्षति भएको छ ।
इनरूवास्थित सखुवागाछिमा रहेको सुरेन्द्र दुलालको आधा पक्की र काठको २ तले घरमा मंगलबार राती करिब सवा ८ बजे आगलागी भएको हो ।
आगलागीबाट ५० लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीको कारण स्पष्ट हुन नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीय बताउँछन् ।
त्यस्तै
आगलागी हुँदा खोटाङमा घर जलेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको हो ।
मंगलबार राती भएको आगलागीमा राईको पाँच लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ। रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका थोकबस्तु जोगाउन नसकिएको स्थानीयले बताएका छन् ।
आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ। अकस्मात घरको धुरीमा देखिएको आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments