Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

 काठमाडौं, २८ कात्तिक । लोकसेवाले मंसिरमा विज्ञापन खोल्ने,कति कर्मचारी चाहिन्छ थाहा छैन।

असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना पर धकेलेको थियो। नयाँ कार्यतालिकाअनुसार मंसिर २६ गते विज्ञापन खोल्ने तयारी आयोगको छ। प्रवक्ता सहसचिव किरणराज शर्माका अनुसार मन्त्रालय र निकायहरूमा आवश्यक पर्ने कर्मचारी संख्याको विवरण मागिएको छ।

‘मन्त्रालयहरूले अहिलेसम्म कर्मचारी संख्याको विवरण पठाएका छैनन्,ु उनले भने, ‘मन्त्रालयहरूलाई विवरण पठाउन आग्रह गर्दै आयोगले पत्राचार गरिसकेको छ, जुन आयोगको नियमित काम हो।’ मन्त्रालय तथा निकायहरूले आवश्यक कर्मचारी संख्याको विवरण पठाइनसकेकोले कति संख्यामा कुन तहका कर्मचारीको लागि विज्ञापन खोल्ने निक्र्यौलमा आयोग पुगिसकेको छैन।

‘आयोगले कर्मचारी छनोट गर्ने काम गर्छ,ु उनले भने, ‘कर्मचारी माग गर्ने वा नगर्ने भन्ने मन्त्रालयहरूको कुरा हो। अझै महिनादिन जति समय भएकोले कर्मचारी माग गर्ने विवरण आउँछ होला।’ आयोगले अधिकृतदेखि सहसचिवसम्मका पदका लागि विज्ञापन गर्न लागेको छ।

संविधानमा प्रदेश लोकसेवा गठन गर्ने व्यवस्था भएपनि संघीय संसदले आधार र मापदण्ड तय नगर्दा प्रदेश लोकसेवा गठन हुन सकेको छैन। प्रदेश लोकसेवा गठन नहुँदासम्म प्रदेश र स्थानीय तहमा जाने कर्मचारी पनि आयोगले नै छनोट गर्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments