Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

झगेन्द्र खड्का
गौरादह, १६ माघ २०७८ । झापाको गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जनता मा.बि. भुतपुर्व बिद्यार्थी तथा सरोकार समाजको आयोजनामा संचालन भएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ। दुर्गा मन्दिर गौरादह परिषरमा संचालन गरिएको रक्तदानमा गौरादह नगरपालिका भित्रका ५ महिला र ५० जना पुरुषले रक्तदान गरेका जनता मा.बि. गौरादहका प्रधानाध्यापक हरि अधिकारीले जानकारी गराए।

‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा १८ बर्ष उमेर समुह देखि ५४ बर्ष उमेर समुहका पुरुष महिलाले रक्तदान गरेका थिए। संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दमकमा जम्मा गरिएको रक्त संचार केन्द्र दमककी प्राबिधिक ओमा श्रेष्ठले जानकारी गराईन। रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र दमकको प्राबिधिक सहयोग रहेको कार्यक्रममा गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए। रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मेयर शाहले जनता मा.बि. बिद्यार्थी समाजले मानिसको जीवन बचाउन आवश्यक पर्ने रगत संकलन जस्तो सामाजिक कार्य गरेकोमा खुशी ब्यक्त गरेका छन। रक्तदान कार्यक्रम जनता मा.बि. भुतपुर्व बिद्यार्थी तथा सरोकार समाजका अध्यक्ष बुद्धिमान कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments