Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

झापा, ७ माघ २०७८ । देशभर आज २३ हजार ९२ जनाको परिक्षण गर्दा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट १८ हजार ६ सय १८ र एन्टिजेन परिक्षणबाट ४ हजार ४ सय ७४ जना गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा एकैदिन १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नयाँ संक्रमित थप भएसँगै पीसीआर र एन्टिजेन परिक्षणबाट गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ६ हजार ५ सय ९१ जना पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा ७ सय ६६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १९ हजार ५ सय ७५ जना पुगेको छ । आज ३ जनाले कोरोना का कारण ज्यान गुमाएका छन् । यो सँगै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ३५ जना पुगेको छ ।

अहिले नेपालमा ६५ हजार ३ सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ५४ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ६३ हजार ७ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ४० जना संक्रमित रहेका छन् । यस्तै, १ सय ९४ जना संक्रमित आइ।सी।युमा र ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments