Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, २१ कात्तिक ।  र प्युठानको झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्। वडाअध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सीले हानी घाइते बनाएका हुन् । एमसीको टाउकोमा पाँचवटा टाका लगाइएको छ

अनपूर्ण पोष्टका अनुसार मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सीले प्रहार गरेको एमसीले आरोप लगाएका छन्। एमसीले जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् ।

यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माध्यमिक पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् ।

वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । उनीसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन् । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको प्रक्रिया दिए । उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments