Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २५ कात्तिक २०७८ । नेपालले खरिद गरिएका ७३।४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् । अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९३० डोज कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खरिद गरिएका सबै खोपमध्ये ७३ दशमलव ४ प्रतिशत खोप दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मासिस्ट बडेबाबु थापाले ४६ लाख डोज केन्द्रीय र प्रदेश भण्डारण एकाइमा र बाँकी १२ लाख डोज जिल्ला तथा स्थानीय स्वास्थ्य सेवा एकाइमा मौज्दात रहेको बताउनुभयो ।

उहाँका अनुसार कात्तिक २८ गतेदेखि मङ्सिर ८ गतेसम्म दीर्घरोगीलाई एकलाख ६२० डोज फाइजर खोप दिइनेछ। त्यसपछि चीनबाट खरिद गरिएको १६ लाख भेरोसेलको खोप पनि दिइनेछ ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments