Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, १७ कात्तिक २०७८ । चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताउनुभएको मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिनुभएको थियो ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments