Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २५ भदौ २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ५ सय ४९ र एन्टिजेन परिक्षणबाट २ हजार ३ सय ६७ जना गरी कुल १० हजार ९ सय १६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ६ सय ४६ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट ९ सय ६१ र एन्टिजेन परिक्षणबाट १ सय ८५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८६ हजार ४ सय ४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको जनाइएको छ । एकैदिन १ हजार ६ सय ६० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४० लाख ८ हजार ४६ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ५ हजार १ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २६ हजार २ सय ९६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ६ सय ६२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय ५८ जना आई.सी.युमा र १ सय ४५ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ५२ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २७ हजार ९ सय ५८ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २९ हजार १ सय ८९ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments