Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

काठमाडौं, १६ भदौ २०७८ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको प्रेस विफ्रिङमा प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले हालसम्म १ करोड ९२ हजार १ सय ६४ जनालाई भाइरस विरुद्धको खोप लगासकेको जानकारी दिनुभयो ।

जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो डोज लगाएका छन् ।

हाल नेपालको जनसंख्याको १५ दशमलव ४ प्रतिशत व्यक्तिले भाइरस विरुद्धको दुवै डोज खोप लगाएको प्रवक्ता डा। पौडेले जानकारी दिनुभयो ।

यस्तै वैदेशिक रोजगारीमा जाने ५८ हजार व्यक्तिलाई खोप लगाइ खोप कार्डको प्रमाणीकरण गरेको मन्त्रालयले जनाएको छ । सरकारले चैत्र महिना सम्म सबै नेपालीलाई खोपको दायरामा ल्याउने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments