Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

मंसिर २६, २०७४ काठमाडौंस- सहकारी व्यवसायमा महिलाको भूमिका सम्मवन्धमा काठमाडौंमा चार दिने गोष्ठी सुरू भएको छ। अन्तर्रा्ष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा काठमाडौ मंगलबारबाट सुरू भएको हो।

लैंगिक समानता हासिल गर्न सबै महिलालाई अभिप्रेरणा भन्ने दिगो विकास लक्ष्यको पाँचौ लक्ष्यलाई केन्द्रमा राखेर गोष्ठी आयोजना गरिएको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको बताए। उहाँले नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत सहभागिता सुनिश्‍चितता गरेको बताए। ‘दक्षिण एसियामा महिलाको सवालमा नेपाल अगाडी छ तर निति निर्माण तहमा अझै महिलाको सहभागिता वृद्धि गर्नुपर्ने देखिन्छ’ उनले भने। अन्तर्रा्ष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहेको भए पनि नेतृत्व तहमा भने न्यून रहेको बताए। उनले समानरुपमा सम्पूर्ण क्षेत्रमा महिलाको सहभागिता गराएर विश्‍वलाई उदाहरण दिनुपर्ने धारणा राखे।

आइसीए एपीको क्षेत्रिय निर्देशक बालु ऐयरले नेपालको सहकारीले महिला शसक्तिकरणमा ऐतिहासिक सफलता मिलेको बताए। उनले विश्‍वका विभिन्न देशको उदाहरण दिदै लैंगिक समानतामा नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए। गोष्ठीमा नेतृत्व तहमा रहेका ६० महिलाहरुको गोष्ठीमा सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments