Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ८ भदौ २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ९ सय ९ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय १ जना गरी कुल १४ हजार ८ सय १० जनामा कोरोना परिक्षण गर्दा २ हजार ५ सय २५ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट २ हजार २० र एन्टिजेन परिक्षणबाट ५ सय ५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ५१ हजार १पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८० हजार ९ सय ६७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको जनाइएको छ । एकैदिन २ हजार ८६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २ हजार १ सय ८३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख ४९ हजार ३ सय ४ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ४० हजार ७८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३५ हजार १ सय ४५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय ५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २० जना आई.सी.युमा र १ सय ७० जना भेन्टिलेटरमा रहेका छन् । ३ सय ९५ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३८ हजार २ सय ५० पुगेको जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments