Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

गौरादह, १७ कातिक । झापाको  गौरादह नगरपालिका वडा नं.५ स्थित महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले १९औं साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले पूनः मित्रदेव काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जगन्नाथ खनाल, सचिवमा वेदु भण्डारी, सहसचिवमा दिनेस ढकाल, कोषाध्यक्षमा युवराज बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा हरि घिमिरे, कृष्ण बहादुर कार्की, इच्छाराम अधिकारी, हरिषचन्द्र ढकाल, कृष्ण बाँस्कोटा, भिम कार्की, भगवति भण्डारी र लिला खनाल रहेको निर्वाचन समितिका संयोजक डिल्लीराम अधिकारीले बताए ।

सोही अधिवेशनले नेत्र ढुंगानाको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष मित्रदेव काफ्ले र लेखा प्रतिवेदन लेखा संयोजक दुर्गामणी बस्नेतले प्रस्तुत गरेका थिए । समितिका कोषाध्यक्ष युवराज बाँस्कोटाले संस्थाको कुल शेयर चुक्ता पुँजी १ करोड २३ लाख ५५ हजार ७ सय रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सहकारी अभियन्ता टंक अधिकारी सम्मानित

त्यसअवसरमा स्व.देवी प्रसाद काफ्ले स्मृति सहकारी अभियान्ता पुरस्कार गौरादह १ का टंक प्रसाद अधिकारी, स्व. रुद्र बहादुर कटुवाल स्मृति पुरस्कार उत्कृष्ट पशुपालक व्यवसायी खगेन्द्र संग्रौला, उत्कृष्ट बाख्रापालक धर्म प्रसाद काफ्ले र कृष्ण बहादुर बस्नेत लाई सम्मान गरिएको थियो ।

उत्कृष्ट बाल बचत सरगम पोखरेल र भागिरथा भट्टराई, उत्कृष्ट अतिरिक्त बचत हरि बहादुर खड्का, उत्कृष्ट दैनिक बचत राम बहादुर विश्वकर्मा, उत्कृष्ट वृद्ध बचत लक्ष्मी प्रसाद निरौला, उत्कृष्ट ऋण कारोबार गर्ने सुस्मा प्रधान र कमल रिजाललाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष मित्रदेव काफ्लेको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका पूर्वअध्यक्ष रमेस खरेल प्रमुख अतिथि रहेका थिए । सहकारी अभियान्ता टंक अधिकारी, समाजसेवी मदन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष कपिलमणी काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव वेदु भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया