Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ५ भदौ २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ७५ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ७ सय ३ र एन्टिजेन परिक्षणबाट ५ हजार ३ सय ७२ जना गरी कुल १३ हजार ७५ जनामा कोरोना परिक्षण गर्दा २ हजार ७५ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ४ सय २४ र एन्टिजेन परिक्षणबाट ६ सय ५१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७९ हजार ९ सय ९१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख २५ हजार ७ सय २२ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख २१ हजार २ सय ४८ जना र एन्टिजेन परिक्षणबाट ४ लाख २९ हजार ४ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३६ हजार १५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय १८ जना आई।सी।युमा र १ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय २३ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३९ हजार ३ सय २१ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६३ हजार ९ सय ६३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments