Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ३० साउन २०७८ । मुलुकभर आज २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ६ सय ६७ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ६ जना गरी कुल १३ हजार ५ सय ७३ जनामा कोरोना परिक्षण गर्दा २ हजार ६ सय २४ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ९ सय ४७ र एन्टिजेन परिक्षणबाट ६ सय ७७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७४ हजार ७ सय ११ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ५ हजार १ सय ९० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.२ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३७ लाख ४९ हजार ४ सय ८४ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ९१ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३६ हजार २ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ६० जना आई।सी।युमा र १ सय ८६ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय ११ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३९ हजार ४ सय ५ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९४ हजार ७ सय ८९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments