Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २४ साउन २०७८ । देशभर आज २ हजार ५ सय ४८ नयाँ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ३३ र एन्टिजेन परिक्षणबाट ३ हजार ३ सय ४५ जना गरी कुल १२ हजार ३ सय ७८ जनामा कोरोना परिक्षण गर्दा २ हजार ५ सय ४८ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा पीसीआर परिक्षणबाट २ हजार १ सय ३७ र एन्टिजेन परिक्षणबाट ४ सय ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख १४ हजार ८ सय ७७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६८ हजार ४ सय ७८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ८३ हजार ३ सय ५५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख ८३ हजार ७ सय ३४ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ५७ हजार ५ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३१ हजार ९ सय ६३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय २ जना आई.सी.युमा र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३५ हजार ४ सय ८५ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ८४ हजार ३६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments