गौरादह, २२ साउन २०७८ । झापाको गौरादहमा शुक्रबार(आज)नगर भित्रका ९ वटा वडा अन्तर्गत ५ वटा वडामा जोनसन एण्ड जोनसन खोप कार्यक्रम संचालन गरिएको छ । गौरादह नगरपालिका भित्रका ५ वटा वडाका ८ सय १४ जनाले जोनसन एण्ड जोनसन खोप लगाएका हुन् । एक मात्रा लगाए पुग्ने अमेरिकाबाट अनुदानमा प्राप्त कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप नगरपालिका भित्र बसोबास गर्ने ५० देखि ५४ वर्ष उमेर समूह, वैदेशिक रोजगारीमा जाने(भिसा लागेका २० देखि ५० वर्ष)उमेर समूह, अपाङ्गता भएका रातो र निलो कार्ड हुने(२० देखि ५० वर्ष)उमेर समूह, कोरोना विरुद्धका अहिलेसम्म कुनै भ्याक्सिन नलगाएका व्यक्तिहरुले खोप लगाएका हुन् ।
खोप कार्यक्रम सञ्चालनका लागि शुक्रबार(आज) वडा नं. १ गौरादह स्वास्थ्य चौकीको भवन, वडा नं. ४ जनता आधारभुत विद्यालय थामी डाँडा, वडा नं.६ को कोहबरा स्वास्थ्य चौकी भवन, वडा नं. ७ को जुरोपानी स्वास्थ्य चौकी र वडा नं. ९ को बैगुन्धुरा स्वास्थ्य चौकी भवनमा खोप केन्द्र तोकिएको थियो ।
यस्तै, साउन २३ गते(भोली) वडा नं. २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन, वडा नं. ३ धोबनियाको वडा कार्यालय, वडा नं.५ को महारानीझोडा स्वास्थ्य चौकी भवन र वडा नं. ८ को अरुणोदय आधारभूत विद्यालयको भवनमा कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ ।
जसमा वडा नं. १ का ५० देखि ५४ वर्ष उमेर समूहका १ सय ६ महिला र १ सय ५ पुरुष, अपांगता भएका १ महिला र ४ पुरुष, वैदेशिक रोजगारीमा जाने १५ महिला र ३४ पुरुष गरि कुल २ सय ७५ जनाले गौरादह स्वास्थ्य चौकीबाट खोप लगाएका छन् । यस्तै, वडा नं. ४ का ५० देखि ५४ वर्ष उमेर समूहका ७५ महिला र ९३ पुरुष, अपांगता ९ पुरुष, वैदेशिक रोजगारीमा जाने ८ जना पुरुष गरि कुल १ सय ८५ जनाले जनता आधारभुत विद्यालय थामी डाँडाबाट खोप लगाएका छन् । वडा नं. ६ का ५० देखि ५४ वर्ष उमेर समूहका ४१ महिला र ४६ पुरुष, अपांगता शुन्य, वैदेशिक रोजगारीमा जाने १० जना पुरुष गरि ९७ जनाले कोहबरा स्वास्थ्य चौकीबाट खोप लगाएका छन् । यस्तै, वडा नं. ७ का ५० देखि ५४ वर्ष उमेर समूहका ३६ महिला र ४३ पुरुष, अपांगता शुन्य, वैदेशिक रोजगारीमा जाने १ महिला र १५ पुरुष गरि ९५ जना र वडा नं. ९ का ५० देखि ५४ वर्ष उमेर समूहका ७३ महिला र ७३ पुरुष, अपांगता शुन्य, वैदेशिक रोजगारीमा जाने १६ पुरुष गरि १ सय ६२ जनाले जोनसन एण्ड जोनसन खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, गौरादह१ का लागि ३ सय ३५ खोप प्राप्त भएकोमा आज २ सय ७५ खर्च भएकोमा ६० वटा बाँकी रहेको छ । वडा नं. ४ का लागि ३ सय ४५ वटा खोप प्राप्त भएकोमा १ सय ८५ वटा खर्च हुँदा १ सय ६० बाँकी, वडा नं. ६ का लागि २ सय ३० वटा खोप प्राप्त भएकोमा ९७ खर्च भएकोमा १ सय ३३ वटा बाँकी, वडा नं. ७ का लागि २ सय ७० खोप प्राप्त भएकोमा ९५ खर्च १ सय ७५ बाँकी र वडा नं. ९ का लागि २ सय २० खोप प्राप्त भएकोमा १ सय ६२ खर्च हुँदा ६० बाँकी रहेको जनाइएको छ । कुल १ हजार ४ सय खोप प्राप्त भएकोमा ८ सय १४ खर्च हुँदा ५ सय ८५ जोनसन एन्ड जोनसन खोप बाँकी रहेको जनाएको छ ।






