अनलाइनविचार
गौरादह, १० जेठ २०७८ । झापामा आज १ सय ७ जनामा कोरोना संक्रमण भेटिएको छ । आज पीसीआर परीक्षणबाट ३ सय २४ जना र एन्टिजेन परीक्षणबाट ७९ जना गरि ४ सय ३ जनाको परीक्षण गर्दा १ सय ७ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ४७ महिला र ७७ पुरुष गरि १ सय २४ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १७ महिला र २९ पुरुषमा गरि ४६ जनामा संक्रमण देखिएसँगै १ सय ७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २ पुरुष, बिर्तामोडका ८ महिला र ११ पुरुष, गौरादहकि १ महिला, मेचिनगरका ७ पुरुष, भद्रपुरका ४ महिला र २ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका २ महिला र ७ पुरुष, बुद्धशान्तिका १७ महिला र २९ पुरुष, कचनकवलका १ महिला र ३ पुरुष, कमलका २ महिला, शिवसताक्षीका ५ महिला र ३ पुरुष, बाह्रदशी १ महिला र २ पुरुष, झापाका १ महिला र २ पुरुष, ठेगाना नखुलेको १ महिलामा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ५ महिला र २ पुरुष, गौरादहका ५ र ६, मेचिनगरका १ महिला र ७ पुरुष, भद्रपुरका १ महिला र ३ पुरुष, अर्जुनधाराका १ महिला र २ पुरुष, कचनकवलका ३ महिला र ६ पुरुष, झापाका १ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ३ सय ५६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९८ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज भद्रपुरका ५१ वर्षिय पुरुष, बिर्तामोडका ८५ वर्षिय पुरुष, मेचिनगरकि ३१ वर्षिया महिला र ४२ वर्षिय पुरुषको मृत्यु भएकोमा ३ जनाको पीसीआर र १ जनाको एन्टिजेनबाट कोरोना पुष्टी भएका संक्रमितहरु गरि ४ जनाको मृत्यु भएको छ ।यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या १ सय ९५ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर १६ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको जनाइएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ५ सय ९५ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४६ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






