झापा,७ जेठ २०७८ । देशभर आज एकैदिन ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको जनाइएको छ । एकैदिन ७ हजार ८ सय ९० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २२ हजार ३ सय ५३ जना र एन्टिजेन परिक्षणबाट ८ सय ७३ जना गरि कुल २३ हजार २ सय २६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २८ लाख ७८ हजार १ सय ४६ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ५३ हजार २ सय ३९ जनाको र निजी बाट ११ लाख २४ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ९ सय १२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १६ हजार १ सय ९२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ४ सय ९५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ६ सय ९७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ७ सय १६ जना आइसियुमा र ५ सय ११ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ७७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५४ र निजी ३६ गरि ९० वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






