गौरादह, २२ वैशाख २०७८ । झापाको गौरादहमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु ४ पुरुष र २ जना महिला रहेका छन् ।
आज संक्रमण पुष्टी भएकाहरु गौरादह नगरपालिका-२ कि ७९ वर्षिया महिला, ४१ वर्षिय पुरुष, २५ वर्षिय पुरुष र ५५ वर्षिय पुरुष रहेका छन् । यस्तै, ८ नं. वडा कि ३९ वर्षिया १ महिलामा र वडा नं. ९ का ४६ वर्षिय १ पुरुषमा गरि आज ६ जनामा संक्रमण पुष्टी भएको कोभिड(१९ फोकल पर्सन पर्शुराम भट्टराईले जानकारी दिनुभयो
यो सँगै २०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या २७ महिला र ३६ पुरुष गरि ६३ जना रहेको जनाइएको छ । संक्रमित सबै स्थानियबासी रहेको जनाइएको छ ।
यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । २७ महिला र ३४ पुरुष गरि ६१ जना सक्रिय संक्रमित हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको जनाइएको छ ।
तपा






