Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २१ वैशाख २०७८ । झापाको गौरादहमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । आज एकैपटक थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा संक्रमितको संख्यामा प्रत्येक दिन वृद्धि हुँदै गएको पाइएको हो । संक्रमित हुनेमा १६ महिला र १९ पुरुष रहेका छन् ।

संक्रमितहरु गौरादह नगरपालिका-१ का ५ महिला र ३ पुरुष, २ नं. वडाका २ महिला र २ पुरुष, ३ नं. वडाका २ महिला र ४ पुरुष, ४ नं. वडाका २ महिला ४ पुरुष, ५ नं. वडाका ४ महिला र १ पुरुष, ६ नं. वडाका १ पुरुषमा, ७ नं. वडाका ३ पुरुषमा, ८ नं. वडाका १ पुरुषमा र ९ नं. वडाका १ महिलामा गरि ३५ जनामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित एकजना पुरुष भने नेपाल बैंक लिमिटेडमा कार्यरत सेक्युरिटी गार्ड रहेको कोभिड-१९ फोकल पर्सन पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

यो सँगै २०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या २५ महिला र ३२ पुरुष गरि ५७ जना रहेको जनाइएको छ । संक्रमित सबै स्थानियबासी रहेको जनाइएको छ ।

यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । २५ महिला र ३० पुरुष गरि ५५ जना सक्रिय संक्रमित हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments