Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २० वैशाख २०७८ । झापामा आज एकैदिन सबैभन्दा बढि १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५९ महिला र ९० जना पुरुष गरि १ सय ४९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ७ महिला र १७ पुरुषमा गरि २४ जनामा संक्रमण देखिएसँगै १ सय ७३ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ८ महिला र १९ पुरुष, बिर्तामोडका १९ महिला, १८ पुरुष, गौरादहका ३ महिला र ९ पुरुष, मेचिनगरका ६ महिला र ८ पुरुष, भद्रपुरका ८ महिला १५, कन्काईका ५ महिला ५ पुरुष, हल्दिबारीका २ पुरुषमा, अर्जुनधाराका ४ महिला र ७ पुरुष, बुद्धशान्तिका २ पुरुषमा, गौरिगञ्ज कि १ महिलामा, कमलका १ महिला र ५ पुरुष, शिवसताक्षीका २ महिलामा बाह्रदशीका २ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका २ महिला र ३ पुरुष, मेचिनगरका १ महिला र ४ पुरुष, हल्दिबारीका ३ पुरुष, बाह्रदशीका ३ महिला र ४ पुरुष, झापाका १ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार २ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ४५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ सय ८० पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय २० रहेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण दमक-५ का ६५ वर्षिया महिलाको धरानको बिपी हस्पिटलमा मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार ४ सय ५१ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments