झापा,२० वैशाख २०७८ । नेपालमा आज एकैदिन थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ७ हजार ३ सय ८८ र एन्टिजेन परिक्षणबाट ६० जनामा संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६ सय ५८ जना र एन्टिजेन परिक्षणबाट ५ सय १८ जना गरि कुल १७ हजार १ सय ७६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २५ लाख २१ हजार १ सय ६४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ६९ हजार ७ सय ७ जनाको र निजी बाट ९ लाख ५१ हजार ४ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म २ सइ १२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ५४ हजार ४१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ५० हजार १ सय ७२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ८ सय ६९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ७८ जना आइसियुमा र १ सय ४२ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ३७ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






