गौरादह, १५ वैशाख २०७८ । झापामा आज एकैदिन थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । १८ महिला र ३२ पुरुष गरि ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
संक्रमितहरु गौरिगञ्जका ५ महिला र ६ पुरुष, कमलका २ महिला र २ पुरुष, दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ६ महिला र ७ पुरुष, भद्रपुरका १ महिला र २ पुरुष, अर्जुनधाराका १ महिला र २ पुरुष, मेचीनगरका २ पुरुष, कन्काईका ३ पुरुष, बुद्धशान्तिका १ महिलामा, शिवसताक्षीका ३ पुरुष, बाह्रदशी र झापाका १/१ जनामा गरि ५० जनामा संक्रमण पुष्टी भएको हो ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय ९५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय २४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ सय ३९ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २९ रहेको छ ।यस्तै, कोरोनाका कारण झापा-४ का ५५ वर्षिय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ९ सय ७० जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






