गौरादह, ५ वैशाख २०७८ । झापामा आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ५ महिला र ७ जना पुरुष रहेका छन् ।उनिहरुको कोभिड-१९ को एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो । संक्रमितहरु बिर्तामोड-७ का २ महिला र २ पुरुष रहेका छन् । उनिहरु स्थानियबासी रहेका छन् । यस्तै मेची नगरपालिकाका ३ महिला र ५ पुरुष रहेका छन् उनिहरु भारतबाट आएको जनाईएको छ ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या एन्टिजेन समेत गरि ५७ पुगेको जनाइएको छ । झापामा आज पीसीआर गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन भने, झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २९ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।






