Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा,४ वैशाख २०७८ । देशभर आज एकैदिन थप ८ सय४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ४० हजार ४ सय १७ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १४ लाख ९८ हजार २ सय ३५ जनाको र निजी बाट ८ लाख ४२ हजार १ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५ हजार ५ सय ४५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ४ हजार ९ सय ६६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ सय ७९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९४ जना आइसियुमा र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ५ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ४९ र निजी ३६ गरि ८५ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments