Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं,३ वैशाख २०७८। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सर्वदलिय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओलीले नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्नुभएको थियो ।

पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र माओवादी केद्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।ईमेजखबर

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments