काठमाडौं, ११ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि बिहीबार राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको हो ।
कार्यतालिकाअनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ । त्यस्तै ७:३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।
त्यस्तै ८:४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८:४५ देखि ९:१५ सम्म मौन अवधि रहनेछ ।
त्यस्तै ९:१५ देखि १२:१५ सम्म मतदान हुने र शुक्रबार बिहान १:३० बजे परिणाम घोषणा हुने जनाइएको छ ।






