Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा,३० चैत २०७७ । मुलुकभर कोरोना संक्रमणको दर बढ्दो अवस्थामा रहेको छ । आज एकैदिन थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए सँगै कोरोना संक्रमणको दर पूनः वृद्धि हुन थालेको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ सय ३८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख १७ हजार २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ८५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार ३ सय ६ जना बिरामी उपचाररत रहेका छन् । यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १३ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments