Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा, ३० चैत २०७७ । झापामा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २ महिला र १ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरु दमक का १ महिला र १ पुरुष रहेका छन् भने, भद्रपुरका १ जना महिला रहेका छन् । यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या हालसम्म ४ हजार ६ सय ५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, कोरोना संक्रमणका कारण दमक-८ का ९२ वर्षिय पुरुषको कोशी कोभिड अस्पतालमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या १ सय २९ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, हालसम्म कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४ हजार ४ सय ९९ पुगेको छ । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २४ पुगेको छ । झापामा हालसम्म ३७ हजार १ सय ५३ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments